IME Life New

प्राधिकरणले परिपत्रमार्फत् लगानी निर्देशिकामा वायू सेवा क्षेत्रलाई पनि समावेश गर्‍यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको लागि जारी गरिएको लगानी सम्बन्धी निर्देशिकामा आ‌ंशिक संशोधन गर्दै पर्यटन उद्योगसँगै वायू सेवा क्षेत्रलाई समेत समावेश गरेको छ। प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भएर २०७९ मंसिर २० देखि प्रचलनमा रहेको बीमकको लगानी निर्देशिकामा दोश्रो पटक संशोधन जारी गर्दै प्राधिकरणले प्रचलनमा ल्याएको हो ।

लगानी निर्देशन २०७९ को १.१० मा कृषी उत्पादन तथा वितरण, शित भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नविकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रशारण लाइन शिक्षा र स्वास्थ्य क्षेत्रमात्र समावेश रहेकोमा प्राधिकरणले गत आइतबार परिपत्र जारी गर्दै पर्यटन तथा वायू सेवा क्षेत्र भन्ने वाक्यांशको प्रयोग गरेर वायू सेवा क्षेत्रको लगानीका लागि विशिष्टीकृतरुपमा सम्बोधन गरेको हो ।

Esewa
Crest

प्राधिकरणले लगानी निर्देशिका जारी गरि सकेपछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको तर्फबाट वायूसेवा क्षेत्रमा पहिलो पटक लगानीका लागि प्राधिकरणबाट स्वीकृति पाएको थियो । एशियन लाइफले यति एयरलाइन्समा करिब ४९ प्रतिशत शेयर लगानी गरेको छ।

प्राधिकरणले पर्यटन तथा वायूसेवा र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानीको पूर्व स्वीकृति लिन पहिले नै सञ्चालनमा रहेका संस्थाको स्वीकृति लिन अन्य कागजातको साथमा  ड्यु डिजिलेन्स अडिट रिपोर्ट अर्थात् विस्तृत लेखा परिक्षण प्रतिवेदन पेश गर्नुपर्ने र नयाँ संस्था स्थापना गरेको अवस्थामा संभाव्यता अध्ययन प्रतिवेदन सहित निवेदन पेश गर्नुपर्ने निर्देशन जारी गरेको छ।

यसैगरी कृषि क्षेत्रमा लगानी गर्दा ड्यु डिलिजेन्स रिपोर्ट, केवल कार व्यवसायमा लगानी गर्दा कम्तीमा १० वर्षको व्यवसायीक योजना पेश गर्नुपर्ने र घरजग्गा व्यवसाय क्षेत्रमा लगानी गर्दा संभाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS