IME Life New

प्राधिकरणको कार्यक्रममा बीमकका कर्मचारीलाई उपस्थितिको उर्दी, शाहीकालको धङधङी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले सोमबार वीरगन्जमा प्रदेशभरका बीमा कम्पनीको शाखा उपशाखा कार्यालयका कर्मचारीको भेला र अन्तरकृया आयोजना गरेको थियो । यसअघि आइतबार कलैयामा समेत उपमहानगरपालिका कार्यालयमा बीमा सम्बन्धी अन्तरकृया कार्यक्रमको आयोजना गर्यो । यी दुबै कार्यक्रममा समानता के थियो भने दुबै कार्यक्रमको आयोजना प्राधिकरणको मधेश प्रदेश कार्यालयको अगुवाईमा भएको थियो ।

दुबै कार्यक्रमको थप समानता के थियो भने कार्यक्रममा बीमकको मधेश प्रदेश कार्यालयका प्रमुखहरुलाई सहभागि गराइएको थियो । वीरगन्जको होटल मकालुमा आयोजित कार्यक्रममा प्रेदेशको अधिकांश शाखा उपशाखा प्रमुखहरुलाई समेत सहभागि गराइएको थियो । केही समयदेखि प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवाल गृह जिल्लाको भ्रमणलाई सदुपयोग गर्दै सरोकारवालासँग अन्तरकृया कार्यक्रमलाई प्राथमिकता दिई रहेका छन् ।

Esewa
Crest

यति सम्म त ठिकै छ, तर अब शाही कालको धङधङी अहिले प्राधिकरणको हाकिम सहभागि हुने कार्यक्रममा पनि देखा पर्न थालेको छ। सिलवाल प्रमुख अतिथी हुने गरी पुनः बुधबार वीरगन्ज उद्योग वाणिज्य संघमा आयोजना गर्न लागिएको कार्यक्रममा प्राधिकरणले वीरगन्जभरका बीमा कम्पनीको कार्यालय प्रमुख वा प्रदेश प्रमुखलाई उपस्थित हुन उर्दी जारी गरेको छ। यति मात्र नभएर चैत्र १ गते बिहीबारै प्राधिकरणले आयोजना गर्न लागेको कार्यक्रममा समेत सहभागिताका लागि शाखा उपशाखा वा प्रादेशिक कार्यालय प्रमुखलाई उपस्थित गराउन उर्दी जारी गरेको छ।

मसान्तमा व्यवसायीक लक्ष्य भेट्टाउनुपर्ने तनावमा दौडधुप गर्नुपर्ने बीमकका जिम्मेवार कर्मचारीहरुलाई प्राधिकरणले कर्मकाण्डी कार्यक्रममा उपस्थित गराएर समय बिताई दिएपछि ती कर्मचारीले व्यवसायीक जिम्मेवारी कसरी पुरा गर्लान् ? ‘पहिले जस्तो अवस्था पनि छैन कि ३० गतेसम्म गर्नुपर्ने व्यापार अर्को महिनाको १२ गतेसम्म पनि बितेको महिनाको ३० गतेकै मितिमा चलि रहन्थ्यो’,एकजना क्षेत्रिय प्रबन्धकले गुनासो गरे,’उसै त व्यापार नभएर सुख्खा लागेको छ, त्यसमाथि प्राधिकरणको भाषणबाजी सुन्नुपर्ने बाध्यता बेग्लैछ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएर क्षेत्रिय प्रशासक र अञ्चल प्रमुखको अवधारणा ब्युताएपछि क्षेत्र अन्तर्गतका जिल्ला सदरमुकामहरुमा क्षेत्रिय वा अञ्चल प्रशासकको उपस्थितिमा हुने प्रत्येक कार्यक्रममा निजामती कर्मचारी र सुरक्षा प्रशासनका प्रमुखहरुको उपस्थिति अनिवार्य गरिएको थियो । निम्तो आए पनि नआए पनि पाऊ कष्ट गर्दै कर्मचारीहरु प्रशासकको चाकरीका लागि हाजिर हुनुपर्ने बाध्यता थियो । यसपटक प्राधिकरणको मधेश प्रदेश कार्यालयले पनि त्यही धङधङ्गी दोहोर्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS