IME Life New

प्राधिकरणका विरोधाभाषपूर्ण परिपत्र र निर्देशन, बीमा ऐनभन्दा प्रभावकारी निर्देशिका ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हतारमा तयार पारेर ढिलो गरी सार्वजनिक जानकारीमा ल्याएको बीमकको संस्थागत सुशासन निर्देशिका २०८० का केही प्रावधानहरू बीमा ऐनसँग बाझिएका छन् । प्राधिकरणले बीमकको कर्मचारी अन्य कुनै बीमकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पाउने नपाउने विषयमा विरोधाभाषपूर्ण प्रावधान ल्याएको हो ।

प्राधिकरणले नै २०८० फागुन २४ गतेको मितिमा २०८१ बैशाख १६ गते सार्वजनिक जानकारीमा ल्याएको बीमकको संस्थागत सुशासन निर्देशिका २०८० को दफा १२ उपदफा (७) को प्रावधानले ऐन २०७९ को प्रावधान र प्राधिकरणले २०७९ चैत्र २१ गते जारी गरेको परिपत्रको आशयलाई समेत उपेक्षा गरेको हो ।

Esewa
Crest
प्राधिकरणले २०७९ चैत्र २१ गते जारी गरेको परिपत्र

सुशासन निर्देशिका २०८० को दफा १२ को उपदफा ९७० मा कुनै एक किसिमको बीमकले अर्को किसिमको बीमकको शेयर स्वामित्व धारण गरेको रहेछ भने बैंकको सञ्चालकमा आफ्नो कर्मचारीलाई सञ्चालकको रुपमा नियुक्त गर्न सक्नेछ भन्ने प्रावधान समावेश गरिएको छ। यसअघि प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५० को ङ र ट को प्रावधानलाई उल्लेख गर्दै बीमकको तर्फबाट अन्य बीमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका कर्मचारीलाई राजीनामा दिन बाध्य बनाएको थियो। (हेर्नुहोस २१ चैत्र २०७९ मा जारी प्राधिकरणको परिपत्र)

बीमा ऐनको दफा ५० को ‘ङ’ मा ‘बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी’ अन्य कुनै बीमकको सञ्चालक हुन अयोग्य ठहरिने प्रावधान छ। यो प्रावधानका कारण बीमकको कर्मचारी वा सञ्चालक अन्य कुनै बीमकको सञ्चालक हुन पाउँदैनन् । प्राधिकरणले यही प्रावधालाई आधार बनाउँदै प्राधिकरणले परिपत्र जारी गर्दा जीवन र निर्जीवन बीमा कम्पनको सञ्चालक समितिबाट १४ जना सञ्चालकले राजीनामा दिन बाध्य भएका थिए।

ऐनमा लेखिएका प्रावधानहरू जहिल्यै पनि नियमावली र निर्देशिकाभन्दा प्रभावकारी हुन्छन्। ऐनसँग बाझिएको अवस्थामा बाझिएको हदसम्म नियमावली वा निर्देशिकाको प्रावधान स्वतः बदर हुनजान्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS