IME Life New

प्रमुख जिल्ला अधिकारीहरुलाई स्मार्ट लकडाउन गर्न सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि स्मार्ट लकडाउन गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सम्पुर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै ‘कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकिकृत कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पहल गर्न निर्देशन दिएको छ ।

Esewa
Crest

सरकारले माघ ७ गतेदेखि सार्वजनिक बसमा यात्रा गर्दा कोभिड १९ को खोप लगाएको कार्डलाई अनिवार्य गर्न समेत निर्देशन दिएको छ । गृह मन्त्रालयले यसको कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रका सबैलाई निर्देशन जारी गरेको छ ।

सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड बोकेर हिड्नु पर्ने भएको छ । यदि कार्ड छैन भने मोबाइलबाट फोटो भए पनि देखाउनु पर्नेछ । सम्बन्धित निकायहरुलाई खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन समेत गृहले निर्देशन जारी गरेको छ ।

पछिल्लो समयमा कोभिड १९ तिब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको पुस २५ गतेको बैठकले गरेका सिफारिसहरुलाई मन्त्रीस्तरको बैठकले कार्यान्वयनका निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS