काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिमा हेरफेर भएको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै आएका संचालक दिपक पाण्डेयले संचालक समिति सदस्य पदबाट असार २४ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको असार २८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । कम्पनीको सोही बैठकले संचालक समितिमा ज्योति शेरचनलाई संचालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।
1689304669636प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिमा हेरफेर

















