काठमाडौं । प्रभु बैंकमा दुई जना सञ्चालक नियुक्त भएका छन्। बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा. लि) र सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १५, खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1714451107091प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

















