IME Life New

प्रधानमन्त्री ओलीले साउन ६ मा विश्वासको मत लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

Esewa
Crest

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे बुधबार संसद सचिवालयलाई औपचारिक पत्र गइसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। ओलीसँग दुई तिहाइ बहुमत रहेको छ।

हाल सत्तागठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेससँग ८८ सांसद, एमालेसँग ७९ सांसद, जसपासँग ७ सांसद र लोसपासँग ४ सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS