IME Life New

प्रदुषण पीडित दिल्लीका बासिन्दाले स्वास्थ्य बीमाका लागि चर्को शुल्क तिर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वायु प्रदूषणसँग सम्बन्धित दाबीहरूमा असामान्य वृद्धि भएपछि भारतीय बीमकले राजधानी नयाँ दिल्लीका बासिन्दालाई नयाँ स्वास्थ्य बीमाका लागि १० देखि १५ प्रतिशत अतिरिक्त बीमाशुल्क ठटाउने तयारी गरिरहेका छन् ।

सन् २०२४ मा नयाँ दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य उपचारवापतको दाबीको संख्या र रकम दुबै बढेपछि निजी क्षेत्रका बीमकले यस्तो तयारी गरेको एशियाइन्स्योरेन्स पोष्टले अनलाइन संस्करणमा उल्लेख गरेको छ। शुल्क बढाउने विषयमा बीमकहरूबीच छलफल जारी रहेको र बीमा नियामकबाट स्वीकृति आवश्यक हुनेछ।  नियामकबाट  स्वीकृत भएमा, भारतमा स्वास्थ्य बीमाशुल्क गणना गर्न प्रत्यक्ष कारकको रूपमा वायु प्रदूषणलाइ समावेश गरिएको यो पहिलो अनुभव हुनेछ। यसले भारतका अन्य महानगरमा पनि स्वास्थ्य बीमाशुल्कको दर वृद्धिलाई औचित्य दिन प्रयोग गर्न सकिन्छ।

Crest

सन् २०२४ मा विषाक्त हावाले दिल्लीका धेरै बासिन्दालाई उपचार खोज्न बाध्य बनायो। बीमा कम्पनीको पाँच कार्यकारी अधिकृतलाइ उल्लेख गर्दै पोष्टले लेखेको छ, दम, दीर्घकालीन अवरोधक फुफ्फुसीय रोग (सिअोपिडि) र हृदय रोगहरूको जोखिम बढाएको छ, जुन अघिल्लो कुनै पनि वर्षको तुलनामा बढी हो।

२०२४ मा, अस्पताल भर्ना हुनुपर्ने श्वासप्रश्वास रोग भएका बिरामीहरूको संख्या वर्षको दोस्रो अर्द्धवार्षिक अवधिमा १७ देखि १८ प्रतिशत पुगेको छ, जुन पहिलो अर्द्ध वार्षिक अवधिमा ५ देखि ६ प्रतिशत थियो।

साथै, दिल्ली राज्यमा श्वासप्रश्वास दाबी आर्थिक वर्ष २०२३ देखि आर्थिक वर्ष २०२५ सम्म ८.३ प्रतिशले बढेको छ, जसले बोस्टन कन्सल्टिङ ग्रुप र भारतीय स्वास्थ्य सेवा प्रशासक मेडी असिस्टको संयुक्त रिपोर्ट अनुसार, त्यस अवधिमा भारतमा स्वास्थ्य सेवा लागतमा सबैभन्दा बढी वृद्धि दर्ज गरेको छ।

२०२३/२४ को लागि, भारतीय बीमा कम्पनीहरूले स्वास्थ्य बीमा प्रिमियममा १२ अर्ब ४० करोड अमेरिकी डलर बराबर बीमाशुल्क संकलन गरेका थिए । जुन भारतीय बीमा नियामकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा लगभग २० प्रतिशतले वृद्धि हो।

नयाँ दिल्लीले हरेक जाडोमा सवारी साधन उत्सर्जन, निर्माण धुलो र अवैध खेतबारीमा लागेको आगोबाट निस्कने धुवाँको मिश्रणका कारण धुवाँमा डुब्छ। नोभेम्बरमा, स्विस समूह अाइक्यु एइरको लाइभ रैंकिंगमा दिल्लीले पाकिस्तानको लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित शहरको रूपमा उछिनेको थियो । भारतको मुम्बई र कोलकाता पनि सबैभन्दा विषाक्त हावा भएका शीर्ष १० शहरहरूको सूचीमा परेका थिए।

नेपालमा काठमाडाैं उपत्यका पनि अत्यधिक विषाक्त हावा भएको विश्वका शहरहरूको शीर्ष सूचीमा पर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS