IME Life New

पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भोलि, १२ समुहको सहभागिता हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले भोलिबाट दुई दिने ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ आयोजना गर्ने भएको छ। संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।

फुटसल प्रतियोगिता यही बैंशाख ७ र ८ गते काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन हुने भएको छ । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका छन् ।

Esewa
Crest

सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उदेश्यका साथ टुर्नामेन्ट आयोजना गरेको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठले बताउनु भएकोछ । ‘हामिले फुट्सल टुर्नामेन्ट आयोजना गरी बीमा क्षेत्रका कर्मचारी, अभिकर्ता लगायतको सम्बन्ध समधुर बनाउन सहयोग गर्ने छौं।’ पोलिसी एडका सीईओ श्रेष्ठले बताए ।

फुटसल टुर्नामेन्टमा नेपाल माइक्रो, राष्ट्रिय जीवन बीमा कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ, सिटिजन लाइफ, नेपाल इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएका छन् ।

खेलकुद स्वास्थ्यको लागि एकदम आवश्यक रहेको छ । उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसल मिल्ने पोलिसी एडले विश्वास लिएको छ ।

टुर्नामेन्टको उपाधि जित्ने समुहले कप, मेडल र प्रमाणपत्रसमेत पाउने भएको छ । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर’को समेत पुरस्कारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS