IME Life New

पोखराको सृजना चोकमा सुमेरु सेक्युरिटिजको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेक्युरिटिज प्रा.लि) ले पोखराको सृजना चोकमा नयाँ शाखा शुरु गरेको छ । यो सँगै पोखरामा शेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ । पुस ९ गते सोमवार पूर्व उद्योग मन्त्री महेश बस्नेतले एक कार्यक्रममा विच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

यस अघि पोखरामा १० वटा ब्रोकरहरुले आफ्नो सेवा दिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष मात्रै पोखरामा ४ वटा ब्रोकर शाखा थपिएका छन् । त्यसअघि लामो समयसम्म ७ वटा ब्रोकरहरुले पोखरामा सेवा दिँदै आएका थिए ।

Esewa
Crest

२०६६ सालमा ब्रोकर नं १४ (नेपाल स्टक हाउस) ले पोखरामा पहिलो शाखाको रुपमा कारोवार शुरु गरेको थियो । पोखरामा पुराना ७ वटा ब्रोकरका करिब १ लाख ५ हजारको संख्यामा सेवाग्राहीहरुले शेयर कारोवारको लागि डिम्याट खाता खोलेका ब्रोकर नं ३५ (कुहिनूर इन्भेष्टमेन्ट) शाखा व्यवस्थापक खेमराज भाट बताउँछन् । यसै वर्षवाट कारोवार शुरु गरेका थप ३ वटा ब्रोकरहरुले पनि ६ हजारको संख्यामा सेवाग्राही बनाईसकेको बताइन्छ । देशभर ६० लाख डि म्याट खातावाल रहेकोमा पोखरामा करिब १ लाख १० हजार जना रहेको बताइन्छ ।

सुमेरु सेक्युरिटिज, ब्रोकर नं ३९ को शाखा उद्घाटन गर्दै पूर्व अद्योग मन्त्री बस्नेतले देशको अर्थतन्त्र ठिक ठाँउमा ल्याउन सेयर बजारको भूमिका ठूलो रहने बताएका छन् । शेयर कारोबार गराउने ब्रोकरले नयाँ सेयर कारोबारीलाई परामर्श पनि दिनु आवश्यक छ, यसो हुँदा ब्रोकरको पनि लोकप्रियता बढ्ने र लगानीकर्ताले पनि नाफा कमाउन सक्ने बस्नेतले बताए ।

उनले शेयर कारोबारी बढे सरकारलाई राजस्व पनि बढ्ने बताउँदै भने ‘देशको विकासको लागि अर्थतन्त्र बलियो हुनपर्यो, अर्थतन्त्र बलियो हुन शेयर बजारको भुमिका महत्वपूर्ण हुन्छ, यसले परनिर्भरतालाई घटाउँछ, त्यसैले शेयर बजार अर्थतन्त्रको ऐना हो ।’

ब्रोकर नं ३९ का संस्थापक अध्यक्ष प्रेम कुमार अग्रवालले शेयर बजार भनेको जोखिममा काम गर्नुपर्ने भएकाले बुझेर लगानी गर्नुपर्ने बताए । उनले शेयर बजार सरकारलाई राजस्वको ठूलो स्रोत भएकाले बजारको दायरा बढाउँदै लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS