IME Life New

पेट्रोल डिजेलको मूल्य १० रुपैयाँले बढ्यो, अहिलेसम्मकै सर्वाधिक बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले मूल्‍य बढाएको छ । मूल्य बढे सँगै अव पेट्रोल लिटरको १७०, डिजेल/मट्टीतेल १५३ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल लिटरको १६० र डिजेल/मट्टीतेल १४३ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्‍य भने हाललाई यथावत नै राखेको छ। एलपी ग्याँस अहिले प्रतिसिलिन्डर १६०० रुपैयाँ छ भने हवाई इन्धन लिटरको आन्तरिकतर्फ १५६ रुपैयाँ र वाह्यतर्फ १.५४५ अमेरिकी डलर छ ।

Esewa
Crest

बढेको मूल्‍य शनिबार वैशाख ३१ गते राती १२:०० बजेदेखि लागू हुनेछ । भारतीय आयल निगमले दुई साताअघि मे १ मा नै पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई महिनामा १० अर्ब ३८ करोड रुपैयाँ घाटा हुने स्थिति थियो । निगमले उक्त घाटा थेग्न सक्ने अवस्था नरहेको जनाउँदा जनाउँदै सरकारले चुनावी नतिजा प्रभावित हुने भन्दै ते‍लको मूल्य यथावत राख्न निर्देशन दिएको थियो ।

त्यसयताको दुई सातामा निगमलाई आईओसीलाई नयाँ मूल्यअनुसार भुक्तानी गर्दा करिब ५ अर्ब १९ करोड रुपैयाँ घाटा पुगेको छ । मे १ मा आईओसीबाट प्राप्त गरेको नयाँ खरिद लागत मूल्यअनुसार निगमले प्रतिलिटर पेट्रोलमा २३.०२ रुपैयाँ र डिजेलमा ४०.१३ रुपैयाँ घाटा थियो भने मट्टितेलमा २.८१ रुपैयाँ नाफा थियो । हवाई इन्धनमा पनि निगम (आन्तरिकतर्फ रू. १२.६४  र वाह्यतर्फ रू. ६४.६९) नाफामा नै थियो । तर एलपी ग्यासमा भने प्रतिसिलिण्डर रू. १,०५०.८० रुपैयाँ घाटामा थियो । यी सबै इन्धनको लागत मूल्य र बिक्री मूल्यका आधारमा समग्रमा १५ दिनमा करिब ५ अर्ब १९ करोड घाटा हुने स्थिति देखिएको निगमले यसअघि जनाएको थियो ।

नयाँ मूल्यवृद्धि पछि पनि यो घाटा अझै ४ अर्ब २५ करोड रुपैयाँमा मात्र झरेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा खरिद मूल्‍य नै उच्च भएपछि पेट्रोलियम पदार्थमा भएको घाटा केही कम गर्नका लागि मूल्य बढाएको भए पनि अझै यो पर्याप्त नरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS