IME Life New

रसुवा बाढीः बीमा प्राधिकरणले ल्यायो छुट्टै दाबी भुक्तानीसम्बन्धी कार्यविधि (दस्तावेजसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति व्यहोरेका पीडितलाई छिटोछरितो र झन्झटरहित रुपमा बीमा दाबी भुक्तानी उपलब्ध गराउन छुट्टै ‘दाबी कार्यविधि’ ल्याएको छ।

प्राधिकरणले रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३ जारी गरेको हो। यो कार्यविधि प्राधिकरणको सञ्चालक समितिले असोज ८ गते पारित गरेको तत्कालै लागू भइसकेको छ।

Esewa
Crest

सरकारको निर्देशनबमोजिम प्राधिकरणले कार्यविधि तयार गरेको हो। कार्यविधिअनुसार अब भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिम बाढीका कारण बीमासम्बन्धी कागजपत्र गुमाएका पीडितले जटिल कागजी प्रक्रिया पूरा गर्नुपर्ने छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह (गाउँ, नगरपालिका वा वडा) वा नेपाल प्रहरीमध्ये कुनै एक सरकारी निकायले जारी गरेको सिफारिस तथा प्रमाणका आधारमा नै बीमा कम्पनीहरुले क्षतिपूर्ति रकम बा जीवन बीमा दाबीबापतको भुक्तानी गर्न सक्ने कार्यविधिमा उल्लेख छ।

असामान्य परिस्थिति भएकाले नेपाल सरकारको निर्देशनबमोजिम प्रभावितहरुको राहतका लागि कार्यविधि ल्याइएको हो। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले भने, ‘कार्यविधि तयार गर्दा बीमकहरुका प्राप्त सुझाव पनि समेटिएको छ।’

दाबी र क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई पारदर्शी बनाउन सर्तसहितको अग्रिम भुक्तानीका रुपमा कार्यविधि लागू गरिएको छ। यदि भविष्यमा बेपत्ता भनिएका व्यक्ति वा क्षति भएको भनिएको सम्पत्ति सकुशल फेला परेको पुष्टि भएमा बीमाबापत प्राप्त रकम फिर्ता गर्नुपर्ने सर्त कार्यविधिमा समावेश गरिएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवासँगै नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा बीमित सम्पत्ति, सवारीसाधन, परियोजना, व्यापारिक मौज्दात तथा मानवीय क्षतिका कारण बीमकसमक्ष पर्न आएका दाबीलाई शीघ्र, सरल, पारदर्शी, व्यवस्थित तथा प्रभावकारी रुपमा फर्छ्यौट गर्न आवश्यक भएकोले यो कार्यविधि तयार गरिएको प्राधिकरणले जनाएको छ। यही कार्यविधिबमोजिम बीमा दाबी भुक्तानी गर्न बीमकलाई प्राधिकरणले निर्देशन पनि दिएको छ।

karyabidhi

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS