IME Life New

पेट्रोलियम पद्धार्थको मूल्य बढेर आउँदा एलपि ग्याँसमा निगमलाई रू ३२५ घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले बिहीबार देखि लागू हुने गरी भारतीय आयल निगमबाट नयाँ मूल्य प्राप्त भएकोमा साबिकको भन्दा प्रतिलिटर पेट्रोल मूल्य ८५ पैसा, डिजल र मट्टीतेल २१ पैसा प्रति लिटरका दरले बढेको निगमले जानकारी दिएको छ।

निगमले भारतीय आयल निगमबाट मूल्य वृद्धि भएर आएपनि उपभोक्ताको राहतका लागि तत्काल खुद्रा मूल्यमा वृद्धि नगर्ने जानकारी दिएको छ। निगमका अनुसार नयाँ  काठमाडौ‌ंको ललितपुर र काठमाडौै जिल्लामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँका दरले बिक्री हुनेछ। यसैगरी मट्टीतेल र डिजल प्रति लिटर १६० रुपैयाँका दरले बिक्री हुने गरी कायमै राखिएको छ। यसबाहेक खाना पकाउने ग्याँस प्रति सिलिण्डर १ हजार ९ सय १० रुपैयाँ कायम गरेको छ।

Esewa
Crest

निगमले खाना पाउने एलपिजी ग्याँस प्रत सिलिण्डर २१ रुपैयाँ ६६ पैसाका दरले वृद्धि भएको हुँदा प्रति सिलिण्डर ३ सय ३५ रुपैयाँका दरले नोक्सानी व्यहोर्नु परिरहेको निगमको दाबि छ।

गत फागुन ५ गतेदेखि लागू हुने गरी निमगले निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले वृद्धि गरेको थियो ।मूल्य बृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १६० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, फागुन ५ गतेदेखि नै पहिलो वर्ग चारआली, विराटनगर,अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १५७ रुपैयाँ ५० पैसा कायम रहेकोको छ । दोस्रो वर्गा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टीतेलको १५९ रुपैयाँ कायम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS