IME Life New

पृथ्वीको गर्भमा कसरी बन्छ सुनका डल्ला ? नयाँ अध्ययनबाट भयो यस्तो खुलासा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वैज्ञानिकहरुले ठूलो खोज गरेका छन्। उनीहरुले पत्ता लगाएका छन् कि कसरी भूकम्पले क्वार्ट्जबाट ठूलो सुनका डल्ला बनाउँछ। यो एउटा रहस्य हो, जसले दशकौंदेखि अन्वेषकहरुलाई अलमल्लमा पारेको छ।

सुन प्राकृतिक रुपमा क्वार्ट्ज चट्टानहरुमा बनाउँछ। यो फेल्डस्पार पछि पृथ्वीको क्रस्टमा दोस्रो सबैभन्दा प्रमुख खनिज हो। तर, अन्य प्रकारको सुनको भण्डारको विपरीत क्वार्ट्जमा पाइने भण्डारमा प्रायः ठूलो सुनका टुक्राहरु हुन्छन्। यी टुक्राको क्वार्ट्जको दरारहरुमा तैरिन्छन्, जसलाई भूवैज्ञानिकहरुले क्वार्ट्ज नशाहरु भन्छन्। क्वार्ट्ज ठूला चट्टानहरु समय–समयमा क्रस्ट भित्र गहिरो हाइड्रोथर्मल तरल पदार्थले भरिन्छ।

Crest

यससँग सम्बन्धित अध्ययन हालै नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको छ। अध्ययनका प्रमुख लेखक र अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका भूवैज्ञानिक क्रिस भोइसीले भने, ‘सुन सधैँ क्वार्ट्जमा बनेको हुन्छ। अचम्मको कुरा के छ भने त्यसमा सुनका ठूला डल्ला बन्छन्। हामीलाई थाहा थिएन कि यसले कसरी काम गर्यो। यस्तो सानो ठाउँमा कसरी ठूला टुक्रा बन्छन्?’

भोइसीले थपे, ‘हाइड्रोथर्मल फ्लुइडहरुले सुनको परमाणुहरु गहिराइबाट माथि लैजान्छन् र तिनीहरुलाई क्वार्ट्ज नशाहरुबाट प्रवाह गर्दछ।’ यसको मतलब यो हो कि सुन सैद्धान्तिक रुपमा एकै ठाउँमा केन्द्रित हुनुको सट्टा दरारहरुमा समान रुपमा फैलिएको हुनुपर्छ।

अध्ययनका अनुसार यी सुनका डाल्लाहरु अत्यन्त मूल्यवान हुन्छन्। हालसम्म उत्खनन गरिएको कुल सुनको ७५ प्रतिशत हिस्सा ओगटेको छ। भोइसीले दुई फरक तथ्यले आफ्ना सहकर्मीलाई रहस्य सुल्झाउन मद्दत गरेको बताए। भूकम्प जाने क्षेत्रमा प्रायः सुनको डाल्ला बन्ने गरेको अध्ययनले देखाएको छ। भूकम्पले यी चट्टानहरुलाई टुक्राउँछ र हाइड्रोथर्मल तरल पदार्थहरुलाई क्वार्ट्ज दरारहरुमा धकेल्न सक्छ। तर, क्वार्ट्ज एक विशेष प्रकारको खनिज हो, जसलाई पिजोइलेक्ट्रिक भनिन्छ। यसको मतलब यो हो कि भूकम्पको समयमा जस्तै जब यसमा तरंग उत्पन्न हुन्छ तब यसले विद्युतीय चार्ज उत्पादन गर्दछ।

जब हाइड्रोथर्मल पदार्थ बढ्न थाल्छ तब विद्युतीय चार्जले तरललाई ठोस सुनमा रुपान्तरण गर्न थाल्छ र एक ठाउँमा जम्मा हुन्छ। अनि सुनका डल्लामा परिणत हुन्छ। सुन एक–अर्कामा टाँसिन्छ। त्यसैले सानो डःला बनाउँदा यसले अझ बढी सुनलाई आकर्षित गर्छ। हरेक भूकम्पसँगै यो झन् ठूलो हुँदै जान्छ।

भोइसीले अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो ओरोजेनिक सुनको डल्ला ६० किलो तौल भएको जानकारी दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS