IME Life New

पूँजी नपुराए बीमा कम्पनीलाई कडा कारवाही गर्ने समितिको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुलाई कडा कारवाही गर्ने चेतनावती दिएका छन् ।कम्पनीहरुले साधारण सभा गरेपछि समितिले तोकेको चुक्ता पूँजी कायम नगरे कडा कारवाही गरिने बताएका हुन् ।

बुधबार काठमाडौमा आयोजित सगरमाथा इन्स्योरेन्स कम्पनीका अनलाईन बीमा पोलिसी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीहरुलाई साधारण सभा गर्ने समयसम्म समिति मौन बसेको बताए ।

Esewa
Crest

‘एनएफआरएसका कारण कम्पनीहरुलाई वित्तीय विवरण समयमा नै प्रकाशन गर्न कठिन भएको हो । साधारण सभा नहुँदा चुक्ता पूँजी कायम हुन नसकेको हो । तर, सभा पनि पूँजी पुराउँनु होस । फेरी समितिले कडा कारवाही गर्न नपरोस्,’ उनले भने ।

कार्यक्रम बोल्दै अध्यक्ष चापागाईले बीमा समितिले निर्जीवन बीमामा पनि छुटको व्यवस्था स्थानिय सरकारसँग छलफल भै रहेको बताए । निर्जीवन बीमा गर्दा दुई हजारमा कर छुट दिन सकियो भने पनि मानिसहरुलाई बीमा आकर्षित गर्न सकिने उनले बताए । यसका लागि प्रत्येक स्थानिय निकायसँग छलफल गरिएको उनले बताए ।

बीमा समितिले जीवन बीमा कम्पनीलाई दुई अर्ब र निर्जीवन बीमा कम्पनीलाई एक अर्ब रुपैयाँ चुक्ता पूँजी तोकेको छ । समितिले २०७५ असार मसान्त भित्रमा उक्त पूँजी कायम गर्न निर्देशन दिए पनि अधिकांश कम्पनीहरुले पूँजी कायम गर्न सकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS