IME Life New

पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी २१ अर्बमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थानले बाहेक १८ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २१ अर्ब ३९ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा 

जीवन बीमा कम्पनीहरुमध्ये व्यवसायिक रुपमा अग्रस्थानमा रहेको नेपाल लाइफले सबैभन्दा बढी  दाबी भुक्तानी गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ५ अर्ब २४ करोड रुपैयाँ  दाबी भुक्तानी गरेको छ । दोस्रोमा एलआईसी नेपालले ४ अर्ब ५३ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ भने तेस्रोमा एशियन लाइफले २ अर्ब ८ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यूनियन लाइफले १ अर्ब ९६ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ८३ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ७९ करोड रुपैयाँ, नेशनल लाइफले १ अर्ब ७१ करोड रुपैयाँ, प्राइम लाइफले ५४ करोड रुपैयाँ र सूर्या लाइफले ३९ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले ३८ करोड ८३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३१ करोड ४५ लाख रुपैयाँ, सिटिजन लाइफले २६ करोड ७१ लाख रुपैयाँ, रिलायन्स लाइफले १४ करोड ५३ लाख रुपैयाँ, सन नेपाल लाइफले ७ करोड ७५ लाख रुपैयाँ, ज्योति लाइफले ३ करोड १ लाख रुपैयाँ, प्रभु लाइफले २ करोड ६८ लाख रुपैयाँ, सानिमा लाइफले १ करोड ९३ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेका छन् ।

बीमा पोलिसी परिपक्व हुँदा पुराना जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी बढेको छ।  कतिपय बीमा कम्पनीहरुको मनि व्याक पोलिसीका कारण पनि दाबी भुक्तानी रकम बढिरहेको छ। नयाँ आएका जीवन बीमा कम्पनीमा भने मृत्यु दाबी भुक्तानी धेरै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS