IME Life New

पुसमा १४३.६५%ले बढ्यो शेयर बजारबाट सरकारले पाउने पुँजीगत लाभकर, धेरै बुझाउनेमा अल्पकालीन लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा शेयर बजार बढ्दा सरकारले प्राप्त गर्ने राजस्व पनि बढेको छ।

सीडीएससीको तथ्यांकअनुसार शेयर बजार बढ्दा लगानीकर्ताहरुले पुँजीगत लाभकरबापत सरकारलाई ७४ करोड ३९ लाख रुपैयाँ बुझाएका छन्। अघिल्लो महिना मंसिरमा लगानीकर्ताहरुले पुँजीगत लाभकरबापत ३० करोड ५३ लाख रुपैयाँ बुझाएका थिए।

Esewa
Crest

मंसिरको तुलनामा पुसमा पुँजीगत लाभकरबापत सरकारले प्राप्त गरेको रकम १४३.६५ प्रतिशतले बढेको सीडीएससीको तथ्यांकले देखाएको छ।

शेयर बजारमा अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत सीजीटी सरकारलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै, संस्थागत लगानीकर्ताले १० प्रतिशत सीजीटीलाई बुझाउनुपर्छ।

एक वर्ष भन्दा छोटो अवधिमा हुने नाफालाई सरकारले अल्पकालीन र त्यो भन्दा बढीको अवधिलाई दीर्घकालीन मान्दै आएको छ।

सीडीएससीका अनुसार अल्पकालीन लगानीकर्ताले मात्रै पुस महिनामा ५२ करोड ४४ लाख रुपैयाँ पुँजीगत लाभकरबापत रकम सरकारलाई बुझाएका छन्। दीर्घकालीन लगानीकर्ताले भने पुसमा १७ करोड २८ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। यसले शेयर बजारमा अल्पकालीन लगानीकर्ता हावी रहेको प्रस्ट हुन्छ।

मंसिरमा अल्पकालीन लगानीकर्ताले १४ करोड १४ लाख रुपैयाँ र दीर्घकालीन लगानीकर्ताले ९ करोड २४ लाख रुपैयाँ सीजीटी सरकारलाई बुझाएका थिए।

यसैगरी संस्थागत लगानीकर्ताले मंसिरमा ७ करोड १४ लाख रुपैयाँ सीजीटी बुझाएकोमा पुसमा घटेर ४ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS