IME Life New

पुसमा बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलनमा करिब २६%को बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुस महिनामा घरजग्गा कारोबार बढेको छ। घरजग्गाको कारोबार बढेसँगै राजस्व संकलन पनि करिब २६ प्रतिशतले बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार पुस महिनामा देशभर ४५ हजार २७७ संख्यामा घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना मंसिरमा ४१ हजार ८५१ संख्यामा घरजग्गा कारोबार भएको थियो।

Esewa
Crest

घरजग्गा कोरोबारसँगै मंसिरको तुलनामा पुसमा २५.७३ प्रतिशतले राजस्व संकलन पनि बढेको छ। घरजग्गा कारोबारबाट पुसमा ३ अर्ब ५९ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ। मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३५ हजार ५२१ घरजग्गा कारोबार भएको छ। यसअघि साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ४७ हजार ३९८ र कात्तिकमा २६ हजार ४६ मात्रै घरजग्गा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS