IME Life New

पुनर्बीमा कम्पनीलाई बलियो बनाउनु पर्नेमा अर्थमन्त्री डा. खतिवडाको जोड, क्रसबोर्डर बिमामा कडाई गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्योरेन्स खवर/काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्बीमा कम्पनीलाई बलियो बनाउन बीमा समितिलाई निर्देशन दिएका छन् । मंगलबार बीमा समितिको स्वर्ण महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री खतिवडाले सो निर्देशन दिएका हुन् ।

पुनर्बीमाको नाममा नेपालबाट ठुलो रकम बाहिरिएको भन्दै यसलाई रोक्न स्वदेशी पुनर्बीमा कम्पनी बलियो बनाउनुपर्ने उनको भनाई छ । बीमामा पुनर्बीमा मार्फत निर्यात बढि गरिरहेको भन्दै अर्थमन्त्रीले नेपालकै पुनर्बीमा कम्पनीलाई बलियो बनाउनुपर्ने धारणा राखे।उनले बीमा सेवा आयात गर्ने नभई बीमा सेवा निर्यात गर्नेगरी काम गर्न समितिले निर्देश गरे । लघु बीमाको क्षेत्रमा बीमा कम्पनीले ध्यान नदिएको भन्दै अर्थमन्त्री खतिवडाले नियामक निकायले अवका दिनमा यस्ता पोलिसीमा इनफोर्स गर्न नसक्ने बताए। बीमाको बजार बढाउनलार्इ लघु बीमालार्इ अगाडि बढाउन उनले अनुरोध गरे।

Esewa
Crest

उनले देशको व्यापारघाटाको कुरा गरिरहँदा वित्तीय सेवा नाफा जाने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उने भने, ‘व्यापार घाटा भनेर कराई रहँदा सेवाको घाटालाई हामीले हेर्न सकेका छैनौं । वित्तीय सेवा घाटा, पर्यटन, यातायात, शिक्षा, स्वास्थ्य पनि घाटा भइरहँदा देशले बेहोरेको घाटा पूर्ण हुँदैन ।’ यसका लागि वित्तीय सेवा नाफा जाने गरी र बीमा सेवालाई निर्याग गर्ने गरी काम गर्नुपर्ने बताए ।

उनले सीमावर्ती क्षेत्रमा बीमाको कारोबार सीमित मात्रामा भइराखेको भन्दै यसतर्फ पनि सचेत हुनुपर्ने बताए । उनले स्वदेशी बीमा कम्पनी नपुग्ने छिमेकीका बीमा कम्पनी घरघरमा पुग्ने विद्यमान अवस्थाको अन्त्य हुनुपर्ने बताए । यसको लागि एक वर्ष भित्रको कार्य योजना बनाएर काम गर्न बीमा समितिलाई निर्देशन दिए ।

सीमावर्ती क्षेत्रमा बीमाको कारोबार असीमित मात्रामा भइरहेको हामीले अनुभव गरेका छौं । हाम्रा बीमा कम्पनीहरु नपुग्ने तर छिमेकीका बीमा कम्पनीहरु घरघरमा पुग्ने अवस्थाको अब छिट्टै अन्त्य हुन्छ । यसका लागि बीमा समितिले १ वर्ष भित्रको कार्ययोजना बनाएर अघि बढोस् ।उनले गैह्र कानूनी तरिकाबाट बीमा गराउनेलाई कारबाहीको दायरमा ल्याउन पनि बीमा समितिको ध्यानाकर्षण गराए ।

कमसेकम नेपालभित्र विदेशी बीमा कम्पनीहरुको बीमा पोलिसी किन्नु गैरकानूनी हो भनेर सीमावर्ती क्षेत्रमा बोर्ड राख्नुपर्ने बेला भएको छ । यस्तो कारोबार गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । किनभने त्यो गैरकानूनी हो । त्यसैगरी, कसैकसैले त राज्यले बीमा गरेन, हामी नै गर्छौं भनेर नेटवर्किङ बिजनेश पनि चलाइदिनु भयो । यदि कसैले नेटवर्किङको माध्यमबाट बीमा गर्छौं भनिरहनुभएको छ भने म भन्न चाहन्छु, कानूनका हात लामा छन् । हामी कारबाहीको दायरामा ल्याउँछौं, यो कुरा विर्सनु हुँदैन ।

(बीमा समितिको ५०औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्त गरेको धारणाको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS