IME Life New

पुनर्बीमा कम्पनीको सञ्चालकमा शेखर बराल र जिनुका पोखरेल निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा शेखर बराल र जिनुका पोखरेल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले नियमावलीको नियम २७ को उपनियम २ ख अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन आहवान गरेको थियो ।

नेपाल बीमा प्राधिकरण सहितको आपसी छलफल पछि राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट जिनुका पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । बीमा प्राधिकरणले केहि समय अगाडी बीमा ऐन २०७९ को दफा ५० को ‘ङ’ अनुसार बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समुहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी सञ्चालक बन्न नपाउने व्यवस्था रहेको भन्दै नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्ने प्रमुख कार्यकारी अधिकृत अयोग्य भएको भन्दै पत्र काटेको थियो ।

Esewa
Crest

तर अहिले आएर सरकारको लगानी रहेको बीमा कम्पनी वा वित्तीय संस्थाको हकमा यस्तो व्यवस्था लागु नहुने भन्दै प्राधिकरणले व्याख्या गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष तथा कार्यकारी निर्देशकले नै सञ्चालक बन्न स्वीकृति दिए पछि बराललाई सञ्चालक बनाइएको हो ।

सूर्यज्योति लाइफको तर्फबाट प्रतिनिधित्व गर्ने जिनुका पोखरेल पूर्व सरकारी कर्मचारी हुन् । उनले कार्यकाल बाँकी छदै राजिनामा दिएर बाहिरिएकी थिइन् । उनी पुर्वाञ्चल विश्व विद्यालयबाट फर्मासिटिकलकी गोल्डमेडलिष्ट हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS