IME Life New

पुँजी बजार सुधारका लागि तीनवटै निकायले संयुक्त कार्ययोजना बनाउने, सुझाव संकलन गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजी बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीले संयुक्त रुपमा कार्ययोजना बनाएर अर्थ मन्त्रालयमा पेस गर्ने भएका छन्। अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारमा तत्काल सुधारका लागि कार्ययोजना पेस गर्न निर्देशन दिएपछि तीनवटै निकायले सरोकारवालाहरुसँग राय–सुझाव संकलन गरी संयुक्त कार्ययोजना पेस गर्ने भएका हुन्।

अर्थमन्त्री पुनले यी तीनवटै निकायलाई सरोकारवालासँग रायसमेत लिएर ७ दिनभित्र पुँजी बजारमा तत्काल गर्नुपर्ने सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका थिए। ‘हामी ३ वटै निकायको बैठक आज बस्दैछौँ’, धितोपत्र बोर्डका निमित्त प्रमुख डा नवराज अधिकारीले भने, ‘त्यसपछि सरोकारवाला निकायहरुसँग सुझाव संकलन गरी शुक्रबारसम्म अर्थमन्त्रीसमक्ष कार्ययोजना पेस गर्छौं।’

Esewa
Crest

नेपाल उद्योग बाणिज्य महासंघ, बैंकर्स एसोसिएसन, शेयर ब्रोकरको दुईवटा संगठन, लगानीकर्ताका संगठन, मर्चेन्ट बैंकर, स्वतन्त्र उर्जा उत्पादकहरुको संगठन (इप्पान), शेयर बजारका विज्ञ, धितोपत्र बोर्डका पूर्वअध्यक्ष, नेप्सेका पूर्वमहाप्रबन्धकहरुसँग सुझाव लिइने बताइएको छ। ‘सुझाव संकलनपछि तीनवटै निकायबीच आन्तरिक छलफल हुनेछ, त्यसपछि कार्ययोजना बनाएर संयुक्त रुपमै अर्थ मन्त्रालयमा पेस गर्छौं’, अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS