IME Life New

पिपुल्स हाइड्रोपावरको एजिएम मंसिर २३ गते, आइपीओ जारी गर्ने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभा क्वालिटी ब्यक्वेट, बुद्धनगर, काठमाडौंमा दिनको ११ः३० बजे गर्ने जनाएको छ ।

Esewa
Crest

सभामा कम्पनीले आईपीओ जारी गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा कम्पनीले सुपरदोर्दी इन्भेष्टमेण्टाई मर्जर गर्ने भएकाले सो सम्बन्धी गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने साथै, मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS