IME Life New

पिपुल्स पावरको साधारणसभाले पारित गर्यो हकप्रद ल्याउने प्रस्ताव, ६ संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८० र ८१ लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले संस्थापक समुहबाट आरती अधिकारी, टंकराज अर्याल, श्रीकृष्ण अर्याल, उद्धव भट्ट र सर्वसाधारण समुहबाट रामकाजी श्रेष्ठ र उपेन पराजुली निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेका मध्येबाट निर्वाण शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्ति गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । सभाले संचालकहरुको बैठक भत्ता तथा सुविधा निर्धारण, संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १ शेयर बराबर ०.५ का दरले (६३,२६,००० कित्ता शेयरको ५० प्रतिशत ३१,६३,००० कित्ता बराबर) हकप्रद शेयर निष्काशनको लागि स्वीकृती प्रदान गरेको छ । सभाले हकप्रद शेयर वितरण पश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि पूँजी बृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफाहरुमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हकप्रद शेयर जारी गर्दा अन्य आवश्यक कुरा फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा हुने संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यलय तथा नियामक निकायबाट आवश्यक थपघट वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS