IME Life New

पिपुल्स इन्भेष्टमेन्टले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १४ औं वार्षिक साधारण सभा फागुन १८ गते, गर्ने जनाएको छ ।

सभा पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरू हुनेछ । सभामा चुक्ता पूँजीको १ः०.३० अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद  जारी गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने १४ औँ वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।

सभामा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्यको लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावली बमोजिम ७ जना सञ्चालक समितिको निर्वाचन गर्ने सामान्य प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, सभाले कन्चनजंघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड दुवै कम्पनीहरु एक आपसमा गाभ्ने मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयहरु तथा १३ औँ वार्षिक साधारणले गरेको निर्णयहरु बदर गर्ने, कम्पनी ऐन २०६३ को दफा ६० बमोजिम सञ्चालक समितिबाट पेश गरेको रणनीतिक योजना पारित लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS