IME Life New

पाँच वर्षभन्दा पुरानो लाभांश लिन युनिलिभर नेपालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपालले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ को पाँच वर्षभन्दा पुरानो लाभांश शेयरधनीले वा निजको हकवालाले लिन नआएको तथा दाबी नपरेको हुनाले कम्पनीमा सम्पर्क गरी लिन आग्रह गरेको छ ।

उक्त आर्थिक वर्षको लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिन बाँकी रहेका शेयरधनी महानुभावहरुले आफ्नो शेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचय पत्र लिई यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय सनराइज
क्यापिटल, कमलपोखरी, काठमाण्डौंमा सम्पर्क गरी लिन आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले सो अवधिभित्र पनि बुझि नलिएमा भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS