IME Life New

पाँच महिनामा भित्रियो १४ अर्बको स्मार्टफोन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिना मंसिरसम्म नेपालमा १४ अर्ब १० करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार यो ५ महिनाको अवधिमा उक्त मूल्यबराबरको स्मार्टफोन आयात भएको हो। विदेशबाट १५ लाख सेट मोबाइल फोन आयात भएको विभागको तथ्यांकले देखाउँछ।

Esewa
Crest

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएको छ। यो ५ महिनामा चीनबाट १० अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको विभागले जनाएको छ।

चीनपछि भारतबाट सबैभन्दा बढी स्मार्टफोन भित्रिएको छ। भारतबाट यो ५ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँबराबरको स्मार्टफोन भित्रिएको छ।

विश्वका ४९ वटा देशबाट नेपालमा स्मार्टफोन आयात हुने गरेको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS