IME Life New

पहिचानका लागि देशभरका थारूहरू एक हुन सांसद भगबती चौधरीको आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुनसरी । नेकपा (एमाले) की नेतृ सांसद भगबती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनु पर्ने बताएकी छन् । थारु कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भएपनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन् ।

सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९ औं जिल्ला अधिवेशनमा बोल्दै थारू अगुवा नेतृ समेत रहेकी चौधरीले थारू कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समय अनुसार चल्न नसकेको बताउँदै समग्र थारूहरूको विकास, उत्थानका लागि अब समय अनुसार थारूको पहिचान जोगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन् ।

Esewa
Crest

थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडी बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद चौधरीले राजनीतिमा पनि थारूहरूको उपस्थिति बढाउँदै लैजानुपर्नेमा जोड दिइन् । ‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो । दोश्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारूहरू लाई सक्षम र योग्य बनाउनु हो । यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ ।’ उनले भनिन् ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले जस्ता राजनीतिक दलहरूसँगै स्थापना भएको संस्थाले थारू समुदायमा सक्षम नेतृत्व बनाउने सवालमा काम गर्नुपर्ने बताउँदै चौधरीले राज्य सत्तामा थारू समुदायको उपस्थिति बढाउन सकेमात्र थारू समुदायको हक अधिकार सुनिश्चित हुने जिकीर गरिन् ।

उनले संविधानमा थारूहरूको छुट्टै अधिकार सुनिश्चित गरेको जनाउँदै थारूहरूको विकास, उत्थानका लागि थारू आयोग, लोक सेवा आयोग जस्ता स्थानमा थारूहरूको सहभागीता सुनिश्चित गरेको भएपनि थारू जातिहरूको सहभागीता र उपस्थिति कमजोर रहेकोमा थाकसले राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नेतृत्व जन्माउन लाग्नुपर्ने बताइन् ।

चौधरीले सामाजिक संस्थाभित्र अनावश्यक रूपमा राजनीतिकरण हुनु दुखःद भएको बताउँदै सकिन्छ भने एमाले, कांग्रेस जस्तै देश विदेशसम्म संगठन बनाएर राजनीतिमा थाकस उत्रनु पर्नेमा जोड दिइन् । थारू समुदायभित्रको गुटबन्दि र राजनीतिले कसैको हित नगर्ने बताउँदै चौधरीले भनिन् । ‘अहिले म देख्छु यो विशुद्ध संस्थामा राजनीतिकरण भएको छ । सक्छौं भने हे थारु अगुवा आउँ खुलेर राजनीति गरौं सक्दैनौ भने यो संस्थालाइ कतैबाट दाग लाग्ने नबनाउँ, विरूद्ध रूपमा पहिचान, संस्कार, संस्कृतिको विकासमा लागौं ।’

थाकसको नयाँ कार्य समिति एउटा असल लिडर थारुहरुको पहिचान बोक्ने समितिको चयन होस् भन्दै शुभकामना दिँदै चौधरीले जुनसुकै दल र पार्टीको नेतृत्व आएपनि त्यसले संस्थालाई सबैको साझा संस्थाका रूपमा नेतृत्व गरेर लैजानु पर्नेमा जोड दिइन् । आदिबासी, जनजाति समुदायको विकास, राजनीतिक, सामाजिक नेतृत्व विकास गरेर अगाडी बढे देश र समाजको विकास हुने भन्दै चौधरीले पूर्वमेचिदेखि पश्चिम महाकाली सम्मका थारूहरू एकजुट हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS