IME Life New

नेसनल फन्डको ५०% हकप्रद बिक्रीमा आउँदै, प्रतिकित्ता रु. ५०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीको जेठ २५ को विशेष साधारणसभाबाट पारित भई सञ्चालक समितिको निर्णयबमोजिम चुक्तापुँजी ५४ करोड रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने निर्णय गरेको छ। कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २७ करोड रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीका अनुसार असार १९ गतेबाट साउन २२ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरिनेछ। यो हकप्रदमा गत जेठ ३२ गतेसम्म कायम संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीले सानिमा बैंकमा रहेको कम्पनीको बैंक खाता ९१००१००१००००२४६ मा रकम जम्मा गरेको भौचर कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ। भौचरअनुसारको चेक भुक्तान हुन नसकेमा उक्त दरखास्त रद्द हुने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS