IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर आउँदै, कम्पनी थप बलियो बन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनिको हकप्रद ६० प्रतिशत अर्थात् १०:६ को अनुपातमा हकप्रद सेयर आउने भएको छ, नियामका निकाय नेपाल धितोपत्र बोर्डले जेठ ४ गते अनुमति दिए संगै अंकित मूल्य १०० रुपैयाँको ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निस्कासनको तयारीमा कम्पनी लागेको बुझीएको छ ।

सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ । बिमा समितिले जिबन बिमा कम्पनिहरुको चुक्तापुँजी २ अर्ब बनाउनु पर्ने निर्देशन दिएसंगै कम्पनीले हकप्रद शेयरबाट चुक्ता पुंजी कायम गर्ने रणनीति लीएको देखिन्छ, हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमशिकको बित्तिय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ४३ करोड ८१ लाख रहेको छ भने हाल कायम चुक्ता पुंजी अनुसार प्रति शेयर आम्दानी १७ रुपयाँ ९६ पैसा रहेको छ, पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३८६ रुपैयाँ रहेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स नेपाल निजि क्षेत्रबाट संचालित सबै भन्दा पुरानो जीवन बिमा कम्पनी हो सुरुवाती समयमा राज परिवारको समेत लगानीमा संचालित यो बिमा कम्पनी पछिल्लो समय बजारमा कम मात्रै आक्रामक दखिन्छ, तर कम्पनीले आफ्नो अभिकर्ता संजाल, कम्पनीको विश्वसनीयता, लामो संचालन अनुभबलाई उजागर गर्दै अगाडी बढेको अवस्थामा कम्पनीको अवस्था सन्तोषजनक मान्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS