IME Life New

नेप्से ३१.६२ अंकले बढ्दा जलविद्युत कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३१.६२ अंकले बढेर २१२०.६२ को विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूह बढेको छ भने २ वटा घटेको छ। आज जलविद्युत समूह सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.९४ प्रतिशतले घटेको छ।

आज ३१४ वटा सूचीकृत कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६.४० रुपैयाँमा किनबेच भएका छन्। आज १० वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS