IME Life New

नेप्सेले गर्यो संगठित संस्थाहरुको वर्गीकरण, ८ वाणिज्य बैंकसहित ३१ कम्पनी ‘ए’ समूहमा (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ।

नेप्सेले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण गरेको छ।

Esewa
Crest

नेप्सेले ‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंकसहित ३१ वटा कम्पनीलाई राखेको छ। यो वर्गमा ७ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, ६ वटा लघुवित्त, १ बीमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र ३ वटा अन्य समूहका कम्पनी छन्।

यसैगरी नेप्सेले ‘बी’ वर्गमा ३५ वटा संस्थालाई राखेको छ। जसमा ७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी छन्।

सार्वजनिक गरिएको वर्गीकरणमा परेको संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने पनि नेप्सेले जनाएको छ।

companies classcification

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS