IME Life New

नेप्सेले गर्यो मैलुङ्ग खोला जलविद्युतको शेयर कारोबार फुकुवा, मंगलबारबाट किनबेच गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको आजको निर्णयबाट यो कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो। अब मंगलबारदेखि यो कम्पनीको शेयर कारोबार गर्न सकिनेछ।

कारोबार समयमा लाभांश घोषणासम्बन्धी निर्णय पठाएको भन्दै नेप्सेको चैत ८ गतेबाट निर्णयबाट मैलुङ्ग खोला जलविद्युत कम्पनी शेयर कारोबार रोक्का गर्दा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो। यो कन्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणासहित वार्षिक साधारणसभासम्बन्धी सूचना नेप्सेमा नोट्समार्फत कारोबार समयमा पठाएको थियो। कारोबार समयमा बजार र शेयरमूल्यलाई प्रभावित पार्ने खोले सूचना वा निर्णय पठाउन नपाइने व्यवस्था रहेको छ।

Esewa
Crest

सोही व्यवस्था उल्लंघन गरेकोमा नेप्सेले मैलुङ्ग खोला जलविद्युतमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको थियो। योसँगै नेप्सेले ३ कार्यदिनभित्र के–कति कारणले समयमै जानकारी दिन नसकेको हो भन्ने विषयमा स्पष्टीकरण पठाउन पनि कम्पनीलाई निर्देशन दिएको छ।

कम्पनीले प्राविधिक समस्याका कारण त्यसो हुन गएको जबाफ पठाएपछि नेप्सेले एकपटकलाई सचेत गराउँदै मैलुङ्ग खोला जलविद्युतको शेयर कारोबार फुकुवा गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS