IME Life New

नेप्सेमा ६ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १० प्रतिशत र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

Esewa
Crest

समायोजपश्चात हिमालयनको शेयरमूल्य १ हजार ७२५ रुपैयाँ ४५ पैसा, साना किसानको ८८८ रुपैयाँ ३२ पैसा, घोराहीको ५०२ रुपैयाँ ६१ पैसा, सपोर्ट लघुवित्तको ९५५ रुपैयाँ ७५ पैसा, आत्मनिर्भरको १ हजार ६५९ रुपैयाँ ९ पैसा र राधी विद्युतको २२८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, हिमालयन डिष्टिलरीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ८९८ रुपैयाँ, साना किसानको १ हजार १४ रुपैयाँ ९० पैसा, घोराहीको ५७८ रुपैयाँ, सपोर्टको १ हजार ८० रुपैयाँ आत्मनिर्भरको १ हजार ८२५ रुपैयाँ र राधीको २३९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS