IME Life New

नेप्सेमा ठूला १० कम्पनीभित्र सर्वोत्तम सिमेन्टको इन्ट्री, सात दिनमै लगानीकर्तालाई २००% रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार ७ कारोबार दिनमा पनि सर्वोत्तम सिमेन्टको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ठूला १० कम्पनीभित्र सर्वोत्तम सिमेन्टको इन्ट्री भएको छ।

आज यो कम्पनीको बजार पुँजीकरण ५० अर्ब ३४ करोड ५५ लाख रुपैयाँ पुगेको छ। नेप्सेको कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा १.५६ प्रतिशत हिस्सा रहेको छ।

Esewa
Crest

पहिलो दिन प्रतिकित्ता ५५६ रुपैयाँमा कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयरभाउ आज प्रतिकित्ता १०८२.७० रुपैयाँ पुगेको छ। आज यो कम्पनीको शेयरभाउमा करिब १० प्रतिशत अर्थात ९९.५० रुपैयाँले बढेको छ।

सर्वसाधारणले सर्वोत्तम सिमेन्टको आइपीओ प्रतिकित्ता ३६०.९० रुपैयाँमा किनेका थिए। आजको शेयरभाउसँग तुलना गर्ने हो भने यो कम्पनीको शेयरले लगानीकर्तालाई ६ दिनमै २०० प्रतिशतले रिटर्न दिइसकेको छ।

बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। नेप्सेको कुल बजार पुँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.७७ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS