IME Life New

नेप्सेको ६४% लाभांश घोषणा, बोलायो पुस २९ गते ४२औं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। नेप्सेको पुस ६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न नेप्सेले पुस २९ गते, आइतबार, आफ्नो कार्यालयमा ४२औँ वार्षिक साधारण सभा समेत बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुने जनाएको छ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, आय व्यय, अन्य आय विवरण, इक्विटीमा भएको परिवर्तण सम्बन्धी विवरणनगद प्रवाह विवरण र सो सम्बन्धी भएको अन्य अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०८० /८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने, सिडिएसीको वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS