IME Life New

नेप्सेको साधारणसभाबाट ६४% नगद लाभांश पारित, वार्षिकोत्सवमा नेप्सेका जगदीश रिजाललाई दीर्घ सेवा पदक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ४२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को लाभांश अनुमोदन गरेको छ।

नेप्सेको आज सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ६४ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। जसअनुसार शेयरधनीहरुलाई कुल ६४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ।

Esewa
Crest

सभाले नेप्सेको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ।

यसैगरी आजै सम्पन्न नेप्सेको ३१ औँ वार्षिकोत्सव कार्यक्रममा नेप्सेका वरिष्ठ अधिकृत जगदीश रिजाललाई दीर्घ सेवा पदक तथा कदरपत्र प्रदान गरिएको छ।

नेप्सेले ‘नेपाल सुदृढ पुँजीबजारका लागि लगानीकर्ता साक्षरता’ शीर्षकमा सञ्चालन गरेको निबन्ध प्रतियोगिताका विजयीलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका सम्भव लाखे प्रथम भई ७५ हजार रुपैयाँ, सरस्वती बहुमुखी क्याम्पसका गोविन्दकुमार सिंह द्वितीय भई ५० हजार रुपैयाँ र त्रिवि केन्द्रीय व्यवस्थापन विभागका प्रविना सञ्जेल तृतीय भई २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS