IME Life New

नेप्सेको गम्भीर हेलचेक्र्याइँ, अवरुद्ध विद्युत सुचारु गर्न नसक्दा सेयर कारोबार अझै खुलेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतमा देखिएको समस्याका कारण आज सेयर बजारमा कारोबार सञ्चालन हुन सकेको छैन। बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहान साढे ९ बजेदेखि विद्युत आपूर्तिमा समस्या देखिएको थियो। सोही कारण प्रि–ओपन सेसनमा पनि कारोबार हुन सकेन भने अहिले नियमितसत्रको कारोबार पनि रोकिएको छ।

विद्युत आपूर्तिमा समस्या देखिएपछि सिस्टम अवरुद्ध हुँदा कारोबार हुन नसकेको नेप्सेका एक अधिकारीले बताए। ‘समस्या समाधानका लागि प्रयास भइरहेको छ’, ती अधिकारीले। अहिले समस्या समाधानका लागि प्राविधिक टोली जोडतोड लागिरहेको पनि ती अधिकारीले जानकारी दिए। ‘समस्या समाधान भएपछि अवरुद्ध भएको समयावधि थपेर नियमित सत्रको कारोबार हुनेछ’, ती अधिकारीले बताए।

Esewa
Crest

यता लगानीकर्ताहरु भने सेयर कारोबार अवरुद्ध भएको रुष्ट छन्। ‘बजार सञ्चालक नेप्सेमै विद्युत अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको छ, यसले सेयर लगानीकर्तालाई कारोबार गर्नबाट वञ्चित गराएको छ’, लगानीकर्ता मनोज पण्डितले भने, ‘सेयर बजार सञ्चालकबाटै यस्तो हेलचेक्र्याइँ हुनु लाजमर्दो कुरा हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS