IME Life New

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड, पौने ११ लाख बढी आवेदकको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड आज मंगलबार गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड गरेको हो आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हिमालयन क्यापिटलको कार्यालयमा राखिएको थियो।

कम्पनीले गत मंसिर २० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।

Esewa
Crest

क्यापिटलका अनुसार यो आइपीओमा कुल १२ लाख ७६ हजार ५५६ आवेदकबाट कुल १ करोड ३८ लाख ५१ हजार २६० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ९१ हजार ९८८ आवेदकबाट माग भएको १ करोड २६ लाख ५६ हजार ७२० कित्ता सदर भएको छ भने ८४ हजार ५६८ आवेदकबाट परेको ११ लाख १९ हजार ५४० कित्ता रद्द र बदर भएका छन्।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १० लाख ७७ हजार ८६३ आवेदकको हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सीडीएससी, धितोपत्र बिक्री प्रबन्धक र आइपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS