IME Life New

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड भोलि (मंसिर २० गते) हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड गर्न लागेको हो। आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हिमालयन क्यापिटलको कार्यालयमा राखिएको छ।

Esewa
Crest

कम्पनीले गत मंसिर २० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।

सीडीएससीका अनुसार यो आइपीओमा निष्कासनको अन्तिम दिन साँझसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए। जुन मागभन्दा झन्डै १२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS