IME Life New

नेपाल विज्ञापन संघको २४औं साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विज्ञापन संघको २४औं साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजार लाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ, आज पौष ६ गते शुक्रबार होटेल अरण्य बुटिकमा माननिय सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।  सभामा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड , विभिन्न संघ सस्था ,सञ्चार उद्यमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सभामा शुुभकामना मन्तव्य दिदै मन्त्री सर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र ,विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुुझाव सल्लाह हरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताइन् ।
मन्त्री सर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य का लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताइन् ।

Esewa
Crest

सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने समेत उनले जानकारी दिइन् ।

विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिसतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहिको दायरामा ल्याउने बताइन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममाा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए ।

मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारले सरकारबाट आम संचार क्षेत्रको सरक्षण तथा विकासका लागि अनियन्त्रीत युवटुव तथा सामाजिक सन्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने विषयमा जोड दिनुभयो । सघका अध्यक्षले आफनो स्वागत मन्ँतव्य संगै समग्र विज्ञापन उद्योगका समस्याहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS