IME Life New

नेपाल लाईफमा फेरी भाँडभैलाे, वित्त विभाग प्रमुखमा दुईजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले लेखा तथा वित्त विभाग प्रमुख जाेया खानको विभाग प्रमुखको जिम्मेवारी खाेसेको छ। कम्पनीले लेखा तथा वित्त विभागमा खानसँगै प्रेम प्रसाद रेग्मीलाई समानान्तर जिम्मेवारी दिएसँगै विभाग प्रमुखको जिम्मेवारी खाेसेकाे हाे ।

कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेखित विवरण अनुसार लेखा तथा वित्त विभागमा प्रेम प्रसाद रेग्मी र जाेया खान दुई जना रहेका छन् । यसअघि रेग्मी प्रमुख वित्त अधिकृतको जिम्मेवारीमा मात्र रहेकाेमा अब उनी लेखा तथा वित्त विभागकाे जिम्मेवारीमा रहेका छन् । वेबसाइटमा अन्य सबै विभागका प्रमुखहरुकाे परिचयमा विभाग प्रमुखकाे रुपमा परिचय उल्लेख गरिएको छ भने जाेया खान र प्रेम रेग्मीको व्यक्तिगत परिचयमा विभाग प्रमुख भन्ने उल्लेख छैन ।

Crest

यसअघि लेखा तथा वित्त विभाग प्रमुख  रहेकी जाेया खान नेपाल लाईफको लेखा तथा वित्त विभागमा विगत ६ वर्ष अघि देखि कार्यरत छिन् । उनले १० महिना अघि मात्र लेखा तथा वित्त विभाग प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी थिइन् । कम्पनीको अ‌ङग्रेजी स‌ंस्करण वेबसाइटमा जाेया खानको व्यक्तिगत परिचयबाट लेखा तथा वित्त प्रमुखकाे रुपमा रहेकाे परिचय हटाइएकाे छ। नेपाली स‌ंस्करणमा भने कायमै रहेकाे छ।(हेर्नुहाेस् तस्वीर)

चार्टर्ड अकाउण्टेण्ट जाेया खान नेपाल लाईफ प्रवेश गर्नु अघि जाेशी एण्ड भण्डारी चार्टर्ड अकाउण्टेण्टमा सात वर्ष कार्यरत थिइन् । उनले नेपाल लाईफमा सन् २०१७ देखि लेखा विभागमा जागिर शुरु गरेकी हुन् ।

नेपाल लाईफको हाल लेखा तथा वित्त विभागकाे जिम्मेवारीमा रहेका चार्टर्ड अकाउण्टेण्ट प्रेम प्रसाद रेग्मी महालक्ष्मी विकास बै‌ंकबाट कम्पनीको सञ्चालक समितिकाे विशेष राेजाईमा भित्र्याइएका व्यक्ति हुन् । उनलाई महालक्ष्मी विकास बै‌ंककाे निवर्तमान् प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाईफको हालकाे सञ्चालक कृष्णराज लामिछानेको विशेष सिफारिशमा नेपाल लाईफमा निम्त्याइएकाे हो ।

नेपाल लाईफको वित्त विभागमा जाेया खान पुरानाे र अनुभवी कर्मचारी भएपनि सञ्चालक समिति सदस्य लामिछानेको सिफारिशमा दुई वर्ष अघि मात्र भित्रिएका रेग्मीले प्रारम्भमा प्रमुख वित्त अधिकृतको जिम्मेवारी पाएकाेमा अहिले लेखा तथा वित्त दुबै विभागमा जाेया खानसँगै समानान्तर हैसियतमा राखिएका छन् । सञ्चालक समितिले यी दुबैमध्ये कुनै एकजनालाई कम्पनीबाट धपाउने याेजना अन्तर्गत दुबैलाई कथित विभाग प्रमुखमा अटाएको देखिन्छ ।

नेपाल लाईफ इन्स्योरेन्स लामाे समयदेखि कमजाेर आन्तरिक नियन्त्रण प्रणालीबाट गुज्रदै‌ आएको छ। अझ कम्पनीको नियमित सञ्चालन र व्यवस्थापनमा समेत सञ्चालक समितिको अनावश्यक चासाे र हस्तक्षेपसँगै कर्मचारीहरुमा स्वतन्त्रतापूर्वक व्यवसायीकरुपमा जिम्मेवारी पुरा गर्ने भन्दा पनि उच्च व्यवस्थापन र सञ्चालक समितिलाई चाकडी गरेर रिझाउँदै वृत्ती विकासकाे अवसर खाेज्नुपर्ने अवस्था आएको छ। सञ्चालक समितिमा एउटै व्यक्ति र समूहको कम्पनी स्थापनादेखि नै वर्चश्व रहँदै आएकाले आन्तरिक गडबडीहरु निष्पक्षरुपमा अनुसन्धान र निर्क्याैल हुन नसकेकाे अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

47%

दु :खी

20%

अचम्मित

6%

उत्साहित

12%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS