IME Life New

नेपाल लाइफको २५औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

Crest

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ । प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सोही सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS