IME Life New

नेपाल लाइफको हिसाबमा गोलमाल, प्रथम् बीमाशुल्कबाटै ५४ लाख रुपैयाँ गायब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणको  तथ्या‌ंकमा ठूलो गडबडी देखिएको छ। प्राधिकरणले उपलब्ध गराएको चालू आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्या‌ंक र नेपाल लाइफले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको तथ्या‌ंकमा प्रथम् बीमाशुल्क आम्दानीमै ५४ लाख रुपैयाँभन्दा बढीको भिन्नता देखिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्सले गत असोज मसान्तसम्ममा कूल १ अर्ब ५९ करोड २९ लाख ६९ हजार रुपैयाँ प्रथम् बीमाशुल्क आम्दानी गरेको थियो । नेपाल लाइफ आफै‌ंले प्रकाशन गरेको अपरिष्कृत त्रैमासिक वित्तीय विवरणमा १ अर्ब ५८ करोड ७४ लाख ९७ हजार रुपैयाँ  प्रथम् बीमाशुल्क आम्दानी भएको उल्लेख गरेको छ। नेपाल लाइफले उपलब्ध गराएको तथ्या‌ंकका आधारमा प्राधिकरणले सार्वजनिक गरेको तथ्या‌ंक र नेपाल लाइफले प्रकाशन गरेको तथ्या‌ंकबीच प्रथम् बीमाशुल्कमै ५४ लाख ७२ हजार रूपैयाँको अन्तर देखिएको छ।

Esewa
Crest

यति मात्र नभएर नेपाल लाइफको वैदेशिक रोजगार बीमा र एकल बीमाशुल्कको तथ्या‌ंकमा पनि गडबडी देखिएको छ। एकल बीमाशुल्क लिने गरी जारी गरिएका बीमालेखबाट कूल १५ करोड ६ लाख ५० हजार रुपैयाँ प्रथम् बीमाशुल्क आम्दानी भएको दाबी नेपाल लाइफले गरेको छ। प्राधिकरणले १४ करोड ९२ लाख ४३ हजार रुपैयाँ वैदेशिक रोजगारी बीमामार्फत् नेपाल लाइफले आम्दानी गरेको उल्लेख गरेको छ।

प्राधिकरणमा रिपोर्टिङ गर्दा वैदेशिक रोजगारी बीमाशुल्कमा र वित्तीय विवरण प्रकाशन गर्दा एकल बीमाशुल्कमा वैदेशिक रोजगारी बीमालेखवापतको रकम देखाएर नेपाल लाइफको व्यवस्थापनले ढाँटेको छ । प्राधिकरणले वैदेशिक रोजगारी बीमालेखको बीमाशुल्क नभई एकमुष्ठ बीमाशुल्क भुक्तानी लिएर जारी गरिएको सावधिक बीमालेख सम्बन्धी तथ्या‌ंक मागेको भएपनि नेपाल लाइफको व्यवस्थापनले नियामक प्राधिकरणलाई नै गुमराहमा पारेको हो। नेपाल लाइफले व्यतित बीमालेख दर सम्बन्धी विवरण पनि ढाँट्दै आएको छ।

प्राधिकरणलाई जानकारी गराएको र वित्तीय विवरणमा प्रकाशन गरेको तथ्या‌ंकबीचको आँकडाको अन्तर हेर्दा नेपाल लाइफको वित्तीय लेखा प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासन एकदमै कमजोर रहेको अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

5%
excited

उत्साहित

59%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS