IME Life New

नेपाल लाइफको बोनश दर घट्दा व्यापार खस्किने भएपछि अभिकर्ता संघले राख्यो यस्तो माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपालको नेपाल लाइफ इन्स्योरेन्स बीमक समिति कोशी प्रदेशले नयाँ घोषित बोनश दर प्रति आपत्ती जनाउँदै बोनश दर वृद्धि गर्न प्रमुख कार्यकारी अधिकृतलाई चेतावनी दिएको छ।

संघको प्रदेश अध्यक्ष सूर्य प्रसाद दाहालले प्रमुख कार्यकारी प्रविण रमण पराजुलीलाई ज्ञापन पत्र जारी गर्दै बीमितले प्राप्त गर्ने न्यूनत्तम बोनश दर ६५ रुपैयाँ कायम गर्न माग गरेका छन् । यसैगरी व्यतित बीमालेखको पुनर्जागरणका लागि कुनै समय सीमा र शर्त नतोकेर कम्तीमा ५० प्रतिशत ब्याज छुट सुविधाको घोषणा गर्न समेत प्रदेश समितिले माग गरेको छ।

Esewa
Crest

बीमितले भुक्तानी गरि सकेको एक किस्तावापतको रकमलाई बीमितकै ईच्छामा अर्को कुनै बीमालेख खरिद गर्दा समावेश गराइदिन समितिले व्यवस्थापन समक्ष अनुरोध गरेको छ। समितिका अनुसार पहिलो किस्ता भुक्तनी गरेपछि बीमालेखलाई निरन्तरता दिन नसकेका बीमितले अन्य कुनै बीमालेख खरिद गर्न चाहेको अवस्थामा पहिलो किस्तावापतको रकम नयाँ बीमालेखको खरिदमा समायोजन हुनुपर्ने माग गरिएको हो ।

बालबालिका सम्बन्धी बीमालेखको बिक्री वितरण लामो समयदेखि ठप्प हुँदा बीमा कारोबारमा असर परेको भन्दै प्रदेश समितिले तत्काल बजार सुहाउँदो बालबालिका सम्बन्धी बीमालेख प्रचलनमा ल्याउन पेमुख कार्यकारी अधिकृत पराजुलीसँग ज्ञापन पत्रमार्फत् माग गरेको छ।

बीमितलाई दाबी भुक्तानी गर्दा बीमितले पाउनुपर्ने सम्पूर्ण रकम भुक्तानी नगरी केही रकम कट्टा गरेर बाँकी रकम मात्र भुक्तानी दिने गरिएकोमा समितिले असन्तुष्टी जनाएको छ। प्रदेश समितिले बीमितले पाउनुपर्ने भुक्तानीवापतको रकम कुनै पनि बहानामा कट्टा नगरी पूर्णरुपमा भुक्तानी गर्नुपर्ने माग गरेको छ। परिपक्व बीमा दाबी भुक्तानी गर्दा जीवन बीमा कम्पनीले नियमानुसारको लाभ कर कट्टा गर्दै आएका छन् ।यसबाहेक अनलाइन माध्यमबाट भुक्तानी गर्दा लाग्ने कर्पोरेट पे वापतको सेवा शुल्क १० देखि १५ रुपैयाँसमेत बीमितले भुक्तानी प्राप्त गर्ने रकमबाट बीमकले कट्टा गरेर बाँकी रकम भुक्तानी दिई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS