काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच सम्झौता भएको छ । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मञ्जुश्री फाइनान्ससँग वीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको हो ।
बीमा व्यवसायका विषयमा फाइनान्सको कर्पोरेट कार्यालय, नयाँ वानेश्वरमा माघ ९ गते आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मञ्जुश्री फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले हस्ताक्षर गरे ।

















