IME Life New

नेपाल बैंकको सीईओका लागि ५ जना उम्मेदवार छनोट, को–को परे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जना उम्मेदवार छनोट भएका छन्।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले ती उम्मेदवारको नाम छनोट गरेको छ। छनोटमा पर्नेमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट छन्। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी कार्यविधि, २०८० को दफा ८ (१)मा भएको व्यवस्थाबमोजिम उम्मेदवाहरुको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनका प्राप्त गरेको कुल प्राप्तांकको योग्यताक्रमका आधारमा ती उम्मेदवार छनोट गरिएको बैंकले जनाएको छ।

Crest

छनोट भएका उम्मेदवारको अब प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। प्रस्तुतीकरण पावरप्वइन्टमा हुनुपर्ने र एक उम्मेदवारलाई ३० मिनेटको समय दिइने बैंकले स्पष्ट पारेको छ। प्रस्तुतीकरण तथा अन्तर्वार्ता पुस ४ बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म हुने बैंकद्वारा जारी सूचनामा उल्लेख छ। यसका लागि उम्मेदवारहरुलाई बैंकको प्रधान कार्यालयमा रहेको सञ्चालक समितिको सचिवालयमा १ घन्टाअगावै आइपुग्न बैंकले आग्रह गरेको छ।

प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सञ्चालक समितिले एकजना उम्मेदवार छनोट गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS