IME Life New

नेपाल बीमा प्राधिकरणले जारी गरिरहेको अभिकर्ता प्रमाण पत्रमा के छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत कात्तिक देखि अनलाइनमाध्यमबाट परिक्षा सञ्चालन गरेसँगै पुनः अभिकर्ता इजाजत पत्र वितरण शुरु गरेको छ। प्राधिकरणले कात्तिक महिनाको तेश्रो सातादेखि शुरु भएको परिक्षामा उतीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाण पत्र वितरण शुरु गरेको हो ।

प्राधिकरणले वितरण गरेको प्रमाण पत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्था बमोजिम बीमा मध्यस्थकर्ता(अभिकर्ता)को इजाजत पत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परिक्षामा सहभागि भई उतीर्णाङ्क प्राप्त गरेकोमा प्रमाण पत्र प्रदान गरिएको उल्लेख छ।

Esewa
Crest

 

प्रमाण पत्रमा प्राधिकरणका चार जिम्मेवार अधिकारीको हस्ताक्षर रहेको छ।सूचना प्रविधि विभाग प्रमुख रविन्द्र श्रेष्ठ, मध्यस्थकर्ता व्यवस्थापन शाखाका उपनिर्देशक ओमबहादुर अधिकारी, कानून  तथा नियमन महाशाखा प्रमुख समेत रहेका निर्देशक कमल प्रसाद रेग्मी र कार्यकारी निर्देशक राजुरमण पाैडेलको समेत हस्ताक्षर छ। इजाजत पत्रमा उल्लेखित हस्ताक्षर देख्दा प्राधिकरणको आन्तरिक निर्णयका लागि तयार पारिएको टिप्पणीको झझल्को दिन्छ।

प्रमाण पत्रलाई आधिकारिकता प्रदान गर्न चार जना जिम्मेवार अधिकारीहरुको हस्ताक्षर समावेश गरिए पनि प्रमाण पत्रमा स‌ंकेत नम्बर वा प्रमाण पत्र नम्बर उल्लेख छैन । सुरक्षा चिन्ह समेत छैन ।

यसअघि बीमक आफै‌ंले तालिम सञ्चालन पछि भाैतिक उपस्थितिमा परिक्षा सञ्चालन गरेर इजाजत पत्रका लागि प्राधिकरण समक्ष सिफारिश गर्दै आएकोमा गत कात्तिक देखि प्राधिकरणले नै अनलाइन माध्यमबाट अभिकर्ता इजाजत पत्र वितरणका लागि परिक्षा लिन थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS