IME Life New

नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारण सेयर निस्कासन गर्ने, सर्वसाधारणको हिस्सा १६ प्रतिशत हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालको एकमात्र पुनर्बीमा ब्यबसाय गर्ने ‘नेपाल पुनर्बीमा कम्पनी’ले पनि सर्वसाधारणलाई प्राथमिक सेयर निस्कासन गर्ने भएको छ। पुनर्बीमा भन्नाको बीमा कम्पनीहरुको पनि बीमा गर्ने व्यवसाय हो अर्थात् बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ, नेपालमा पुनर्बीमा ब्यबसाय गर्ने एकमात्र कम्पनी नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

नेपालमा पुनर्बीमा कम्पनीको सुरुवात भने ०७१ साल पुस ७ गतेदेखि ‘नेपाल पुनर्बीमा कम्पनी’को नामबाट भएको हो । सरकार र बीमा कम्पनीहरुको संयुक्त लगानीमा उक्त कम्पनीको स्थापना गरिएको हो ।

Esewa
Crest

स्थापनाको समयमा सर्वसाधारणलाई सेयर जारी गर्ने प्राबधान राखीएको थिएन तर, गत असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजी ८ अर्ब पुर्याउने र कायम चुक्ता पुंजीको १६ प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ, बाँकी रहेको ८४ प्रतिशत सेयरमा सरकार र ३२ वटा संस्थापक लगानीकर्ताहरुको लगानी रहने छ ।

अब भने नेपाल पुनर्बीमा कम्पनीमा १६ प्रतिशत सर्वसाधारण (१५ प्रतिशत सर्वसाधारण र १ प्रतिशत कर्मचारी) को सेयर हिस्सा रहनेछ ।

८ अर्ब चुक्ता पुँजीमा १६ प्रतिशत सेयर सर्वसाधारणको हुनेछ भने बाँकी रहेको ८४ प्रतिशत सेयरमा सरकारको ४३.५५ र अन्य संस्थापकहरुको हिस्सा ५६.४५ प्रतिशत कायम हुनेछ’, नयाँ सेयर संरचना अनुसार कम्पनीमा सरकारको लगानी २ अर्ब ९२ करोड हुनेछ भने ३२ वटा संस्थागत लगानीकर्ताहरुको लगानी ३ अर्ब ८० करोड हुनेछ कायम हुने छ । कम्पनीमा सर्वसाधारणको लगानी भने एक अर्ब २८ करोड हुनेछ ।

कम्पनीले सर्बसाधारणलाई १ अर्ब २८ करोड बराबरको सेयर निस्कासन गरि सकेपछि कायम हुने चुक्ता पुंजी ८ अर्बको करिब १२.५ प्रतिशतले बोनस सेयर बाढ्ने र चुक्ता पुंजी ९ अर्ब पुराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS