IME Life New

नेपाल पुनर्बीमा कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस २२ गते सम्पन्न छौठौं वार्षिक साधारण सभाबाट पारि २ दशमलव ५ प्रतिशत नगद लाभांश पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ । उक्त मिति पछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत लाभांश बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ ।

आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण गरी नेपाल क्लियरीङ हाउस अन्तर्गत सदस्य प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो शैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

Esewa
Crest

पुस १३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेशन लेटर प्राप्त भए पछि मात्र बैंक खातामा जम्मा गरिने र सो मितिपछि कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा फुकुवा पत्र प्राप्त भएपछि बैंक खातामा जम्मा गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS