IME Life New

नेपाल पुनर्बीमाको ५ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आज कात्तिक १६ गतेबाट ५ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

Esewa
Crest

ईच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ। उक्त शेयरमा आवेदन कात्तिक २० गतेसम्म दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS